
तित्रा
‘माथि राजधानीमा नेताहरू पद र पैसाका निम्ति एकआपसमा तल्लो दर्जामा उत्रिएर दलाली गर्छन् । मलिला, रसिला, टेसिला मन्त्रालय हत्याएर मालामाल बन्न नाङ्गो नाच नाच्छन् । देश, जनता, लोकतन्त्र भन्ने कुरा भाषण डुव्रिmंदा फलाक्ने शब्द मात्रै हुन् । विकास निर्माण भन्ने पनि भोट माग्ने मन्त्र मात्रै बनेको छ । वषौर्ंवर्षदेखि यत्ति कुरा देख्दादेख्दै, सुन्दासुन्दै, बुझ्दाबुझ्दै पनि यिनै कामाउकान्ते बिकाउ नेताहरूको झोला बोकेर किन हिंडेका यी दुनियाँ ? म बुढो भएर गिदीले काम नगरेको हो कि, झोलेहरूको बुद्घि निख्रिएको ? ठ्याक्कै कुरो बुझिन मैले’ भन्दै माइलाबा आएर राजनीतिक गुये थाङ्ना पछार्न थाले ।
उनी एकोहोरो बक्न थाले– “एउटा जाबो त्यो एम.सी.सी.को काउछो नेपाली जनताले थाहै नपाई कति वर्ष अगाडि सत्तामा बसेका लोभी–पापीहरूले ब्योहोरेछन् । त्यो ब्यहोरे वापत तिनका रोगे रौंहरू पनि फेरिएका होलान्, अझै के–के गरौंला भन्दा हुन् । ‘हँसिया निलें आमै’ भनेर नातिले सुनाउँदा ‘हग्दा थाहा पाउलास् बाबै’ भनेर आमैले भनेजस्तो अहिले एम.सी.सी. व्यहोनेर्हरूको निलेको कुरा निकाल्ने बेला भएछ क्यार ! देशभरि यसैको हल्ला खल्ला चल्दैछ । एम.सी.सी स्वीकार्नुभन्दा पहिले लु यस्तो–यस्तो शर्तमा यति पैसा पाइने भयो भनेर नेपाली जनतालाई सुनाउनु पदैर्नथ्यो ? कुमारी केटी गाभिनो भएर गोप्य राखेजस्तो यत्तिका वर्ष लुकाएर–छिपाएर राख्ने कुरा हो त्यो ? को–को एम.सी.सी.मा गाभिना भएका छन्– डोरी ठीक पारे हुन्छ, नदी–पोखरीका छेउछाउ पाइलो सादैर् गरे हुन्छ ।”
माइलाबाको अनुहार, नाक, कान, मुख, आँखामा रगत चढेर रातो भएको थियो । एम.सी.सी उनैले फस्र्याउनु पनेर्जस्तै गरी उनी तनावमा थिए । बुढालाई शान्त पानेर् हिसाबले मैले भनें– एम.सी.सी.मा सही गरेर गल्ती गरेका रहेछन् भने उनीहरूलाई नै दण्ड सजाय होला नि त ! हैन त्यो योजना राम्रो रहेछ भने सम्मान, पुरस्कार उनीहरू नै थाप्लान् । तपार्इं चाहिं किन बित्थामा रन्किनुभएको ? तपाईं यहाँ आएर मसँग उफ्रिएर के हुन्छ ? देशमा बुद्घिजीवी छन्, चिन्तक छन्, राष्ट्रभक्तहरू छन्, अर्थशास्त्रीहरू छन्; उनीहरूले एम.सी.सी.ठीक हो कि बेठीक भन्ने छुट्याउलान् नि ! गृह मन्त्रालयले एम.सी.सी.को विरोध गनेर्लाई जेल हाल्ने भनेर सूचना निकालेको छ । बुढेसकालमा दुःख पाइएला है बाबै !
मेरा कुरा सुनेपछि बुढा अझै उत्तेजित भएर बोल्न थाले– “तँ जस्तै लठुवा हुतिहाराहरू धेरै भएर यो देश बिग्रिएको । देशमा बिपत्ति आउन लागेको, भविष्य अन्धकार हुन लागेको, विदेशी बुट बज्रिन लागेको, तँ आफै कसैको दास बन्न आँटेको पनि थाहा पत्तो पाउँदैनस् भने तँ मान्छेको भाँडो होइनस् । बाह्र–पन्ध्र वर्षसम्म बोर्डिङ स्कूलका कैयाँहरूलाई तेरा आमा–बुबाले भोकै नाङ्गै बसेर पैसा तिरेको व्यर्थ भयो । नेताहरूले देशलाई कुइरे–खैरेहरूको रणमैदान बनाउन आँटिसके, तँ भँुदुलाई केही थाहा छैन । स्कूलमा तँलाई राष्ट्रकवि माधव घिमिरेको ‘नेपाली हामी रहँुला कहाँ नेपालै नरहे’ भन्ने पाठ पढाएनन् ?”
बुढा राँकिएर बोलिरहे– “तँ देशका बुद्घिजीवीहरूको कुरा गर्छस्, यहाँ को छ बुद्घिजीवी ? सबका सब विभिन्न पार्टीका झोले मात्रै छन् । विद्यार्थी झोले, मास्टर झोले, प्राध्यापक झोले, डाक्टर इन्जिनीयर झोले, राष्ट्रसेवक पगरीधारी कर्मचारी झोले, प्राविधिक झोले, वकिल झोले, पत्रकार झोले… अब त हुँदाहुँदै न्यायाधीश झोले, विद्वान पण्डित सबकासब झोले ! आ–आफ्ना पार्टीका नेताको आरती उतारेर बसिराखेका छन् । तिनलाई आफ्नो र आफ्नाको चिन्ता छ । यहाँ देशको चिन्ता कसलाई छ ? आशे, गाँसे करयाँसे, रच्छ्याउने हुक्के–बैठके–धुपौरे–चाकरेहरूको देश हो यो । राजनीतिका कमाउकान्तेहरूका त झन् कुरै नगरौं । पछि चुनावमा वडाध्यक्ष, मेयर, सांसदको टिकट नेताहरूले दिंदैनन् भनेर नेताहरूकै बोलीमा लोली मिलाउँछन् । राजनीतिको कमाइखाने भाँडो बिग्रिएला, यस्तो मलिलो रसिलो पेशा व्यवसाय खुस्किएला भनेर भ्रष्ट बिकाउ देशद्रोही नेताहरूको पनि विरोध नगरी मुखमा पट्टी बाँधेर बसेका छन् । राजनीतिको भाषण कन्दनी चुडिउञ्जेल भुक्नेहरू एम.सी.सी.का बारेमा चूँ–सम्म नगरी चाल मारेर बसेका छन् । यो यस्तै झोलेहरूको देश हो ।”
“तँ नाथे पनि मलाई एम.सी.सी.को विरोध गर्यो भने जेल हाल्छन् भनेर हर्काउन तर्साउन खोज्छस् । संविधानमा मौलिक हक, वाक स्वतन्त्रता भन्ने वाक्य यिनले झिकेर मिल्काइसके कि निलिसके ? बोल्न–लेख्न नपाउने लोकतान्त्रिक देश हाम्रो बाहेक संसारमा अरू पनि छन् कि यही मात्रै हो ? लोकतन्त्र भनेर फलाक्ने अनि खबरदार ! नेता, मन्त्रीहरूको क्रियाकलापको विरुद्घ बोले जेल हाल्छौँ भन्ने ? यस्ता कुरा सुन्दा मलाई भित्र हड्डीदेखि रिस उठेर आउँछ । हेर् केटा ! म तँ जस्तो आवानचावाको लोधर मान्छे होइन । निकै चकैर् नून खाने मान्छे हुँ । आइपर्यो भने चारमाना चुक खाएर पचाइदिन्छु । अथोर्क केेही फेला परेन भने खोर्सानीकै खाजा खान्छु । लोधर भएर बस्ने लोतिखारे कुरा गनेर् मान्छे म होइन ।”
मैले सानो स्वरमा सोधेँ– अब के गर्नुहुन्छ त माइलाबा ? देशका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, बहालवाला मन्त्रीहरू सित्तैमा पाएको पैसा चाँडोभन्दा चाँडो ल्याएर देश विकास गर्नुपर्छ । देशलाई सिंगापुर बनाउनु पर्छ । विरोध गनेर्लाई दण्ड सजाय गर्नुपर्छ भनिरहेका छन् । निर्णय गनेर् उनीहरू नै हुन् । तपाईं–हामीले आक्रोश ओकलेर मात्रै के हुन्छ र… भन्दै थिएँ; बुढा एक्कासी हाइटेम्परमा आइहाले ।
उनी बम्किन थाले– “थुइया नाथे ! लोकतन्त्र भनेको जनताको सरकार होइन ? जनताले आँटे भने के चाहिं हुँदैन ? सार्वभौमसत्तासम्पन्न सर्वशक्तिमान जनता नै हुन् भन्ने कुरा नबुझिकन अहिलेसम्म बसिराख्या छस् ? अपराधीहरूले सबै मिलेर वडाध्यक्षमै हराए पनि राजनीतिका कुरा नआउने नजान्ने त होइन नि म ! एम.सी.सी.का विरुद्घ यी सबै जनता उर्लिए भने कहाँ लगेर थुन्नु, तीन कोटी जनतालाई ? हिजोअस्ति कोरोनाका बिरामी अस्पतालमा नआँटेपछि घर–घरमै बसेर दबाई खाओ भनेको होइन ? सबैले विरोध गरे भने–झ्याल–ढोका लगाएर, भित्रबाट चुक्कुल लगाएर सबै घर–घरमै बस; तिमीहरू थुनामा परेऊ भन्ला त ? पार लाग्ने कुरो हो ?”
बुढा बोलिरहे– “अमेरिकाले दान दिएको अरे ! दान भनेपछि शर्त हुन्छ ? दान पनि कसैलाई कोच्याउने–घिचाउने कुरा हुन्छ ? दान नलिए ठीक हुँदैन भनेर थर्काउन–हप्काउन पाइन्छ ? ‘तेरो सातु मलाई दे, मेरो लुतो कन्याइ दे’ भनेजस्तो आफ्नो सर्वश्व उसलाई सुम्पिएर उसैको लुतो कन्याइदिनु पनेर् ? हेप्न पनि कति सारो हेपेको होउ ! एम.सी.सी. कोच्याउन आएकी एउटीले यो स्वीकृत नगरे कुनै सहयोग कहिल्यै पाउने छैनौं भनेर धम्क्याइन् अरे ! कत्ति न अहिलेसम्म तिनीहरूले नै भाँडामा चामल हाल्दिएजस्तो ! त्यसलाई जवाफ दिने ठाउँमा म भएको भए, ‘तिमीहरूको सहयोग कहिले चाहिँदैन’ भनेर ठाडै भन्ने थिएँ । हाम्रा नेता चरित्रहीन भएर, भ्रष्ट भएर, देशको पैसा विदेशी बैंकमा राख्ने भएर पो त ! नत्र हाम्रो देशमा पैसाको कमी छ ? देशमा भएका भ्रष्ट, दुष्ट, व्याभिचारी, अन्यायी, कमिशनखोर, बिचौलिया, ठग धूर्तहरूलाई ठेगान लगाउन सक्ने हो भने अरूको दान लिने होइन; दुनियाँभरिका देशहरूलाई हामी दान दिन सक्छौं । हाम्रो दानमा तिनीहरूको जस्तो शर्त हुँदैन । ‘दान दिनु बिर्सिदिनु’ भन्छन् । हामी दानका नाउमा कसैको अस्मिता ताक्तैनौं, कान समाएर उठबस गर्न लाउदैनौं । मानसिक दरिद्रसँग भएको पैसाको कुनै अर्थ हुँदैन । मानसिक दरिद्र आर्थिक दरिद्रभन्दा सयौं गुणा दुःखी हुन्छन् ।”
मैले यसो विचार गर्दा, यी बुढाले आज अलिकति खोया खाजा पनि भ्याएर आएछन् क्यार भन्ने शंका भयो । सोधौं भने आइलागी हाल्छन् । कुरा चाहिं ठीकै छन्, तर उनीभित्रको आक्रोश, आवेग, उद्वेग, रनाहा चैं अलिक अनौठो किसिमको छ । हुन त राष्ट्र, राष्ट्रियता, देशभक्ति जस्ता कुरामा ठेस लाग्यो भने मान्छेले आफू मरेको र अरूलाई मारेको थाहा पाउँदैन । व्यक्ति आफू हेपिएको कुरा सहन्छ, पचाइदिन सक्छ; तर कतै कसैबाट देश हेपिएको अनुभव गर्यो भने जसको पनि रगत उम्लिन्छ । देशका निम्ति यत्रो पीर, औडाहा, हुटहुटी पालेर कलेजो डढाउँदै हिंडिरहेका माइलाबाको अवस्था अलिक कारुणिक लाग्यो ।
बुढा अलिक शान्त भए, नातागत जस्ता देखिए । तर पनि उनी बोल्न छाडेनन्… “यो सब काण्डको दोषी विदेशी होइनन् । सत्तामा बसेका हाम्रा लाचार छायाँहरू नै दोषी खत्तुकी हुन् । कुरै नबुझी जेसुकै कागजमा सही गर्नु हुन्छ ? आफूले नबुझे बुझ्ने–जान्ने मान्छेहरूलाई सोध्नु पर्छ । नेताहरू ‘हगिसक्यो दैलो देख्यो’ भनेजस्ता भएपछि देशले दुःख पाउँछ । तिनले गरेको फोहोर अहिले सारा नेपालीले सफा गर्नु परिरहेको छ । अहिले एउटी विदेशी कर्मचारी आएर एम.सी.सी.बारे खै गर्दा यिनले कट्टु बिगारिरहेका छन् ! देशको एउटै बोली हुनु पनेर्मा–मैले त गर्न खोजेकै हो । तर, फलानाले दिएन, अर्काले विरोध ग¥यो भनेर आफ्नै नालायकी बेकुफीको पोको खोलेर ह्वांगै देखाउँछन् । देशको भविष्यको पीरले खाना नरुचेको, निद्रा नलागेको महिना दिन बितिसक्यो । तँ जस्ता सम्मरस्वाँठलाई यी सबै कुरा गरेर भालुलाई पुराण के सुनाउनु” भन्दै आज बुढा आफ्नो बाटो लागे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



