
सामान्यतः शाकाहारी भन्नाले पशु–पंक्षीको मासु र माछा नखाने नै हुन् । तर, शाकाहारीले अण्डा चाहिं खान्छन् भन्दा तपाईंलाई ताज्जुब लाग्न सक्छ । अर्थात कतिपय शाकाहारीले अण्डा खान्छन् । यद्यपि उनीहरूले कुखुरा वा अण्डा दिने पंक्षी भने खाँदैनन् ।
यद्यपि धेरै व्यक्तिले अण्डालाई शाकाहारी खानेकुरा मान्दैनन् । तर, यदि अण्डा निषेचित गरिएको छैन र चल्ला कोरलिने सम्भावना छैन भने त्यसलाई शाकाहारी मान्नुपर्छ भन्ने तर्क पनि गरिन्छ । र, त्यस्तो अण्डालाई दूध र नौनीजस्तै जनावरको उत्पादन मान्ने गरिन्छ ।
व्यावसायिक रूपमा उत्पादित ग्रोसरीमा पाइने अण्डा अनिषेचित हुन्, तिनीहरूबाट चल्ला कोरल्न मिल्दैन । तर, त्यसैको आडमा अण्डालाई पूर्णतः शाकाहारी मान्न नसकिने मान्यता राख्नेहरू अधिकांश छन् ।
पछिल्लो समयमा विज्ञानले भने अण्डा शाकाहारी भएको पुष्टि गरिसकेको छ । हामीले खाने अण्डा निषेचित (फर्टिलाइज्ड) नभएको हुनाले त्यसबाट चल्ला कोरिलिने सम्भावना हुँदैन । त्यही भएर वैज्ञानिकहरूले अण्डालाई शाकाहारी पुष्टि गदैर् वषौर्ंदेखिको विवाद अन्त्य गरिदिएका हुन् ।
शरीरमा पौष्टिक पदार्थ परिपूर्ति गर्नका लागि अण्डा खानुपनेर् विज्ञहरू बताउँछन् । अण्डालाई अत्यधिक पौष्टिक पदार्थ मानिन्छ । एउटा ठूलो अण्डामा ६ ग्राम प्रोटिनका साथै भिटामिन र मिनरल्स पाइन्छ । वास्तवमा अण्डाको पहेंलो भित्री भाग शरीरलाई तन्दुरुस्त राख्न चाहिने कोलिन भन्ने तत्वको सबैभन्दा उत्कृष्ट स्रोत हो । त्यसैले कतिपय शाकाहारी व्यक्तिले मासु र माछा नखाए पनि अण्डालाई पोषक खानेकुरा मानेर खाने गर्छन् ।
स्मरणीय छ— अण्डा, माछा र मासु नखाएर दूध मात्र खाने शाकाहारीलाई लेक्टो–भेजेटरियन भनिन्छ । मासु, माछा र दूध नखाने तर अण्डा चाहिँ खानेलाई ओभो–भेजेटरियन भनिन्छ । त्यसैगरी, मासु र माछा नखाए पनि अण्डा र दूध चाहिँ खानेलाई लेक्टो–ओभो भेजेटरियन भनिन्छ । मासु, माछा, दूध, अण्डा, महजस्ता जनावरको कुनै पनि उत्पादन नखाने व्यक्तिलाई भेगान भनिन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



