
गाईघाट, २० भदौ । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।
जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


