
भद्रपुर, २३ पुस । झापाको कचनकवल गाउँपालिकाको पथरियामा बिहीबार हाडजोर्नी तथा नसा रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
दुरदराजका विपन्न समुदाय तथा मजदूरहरुलाई लक्षित गरेर काठमाडौंस्थित नेपाल अर्थोपेडिक अस्पतालको आयोजना एवम् रोटरी क्लव अफ भद्रपुर, इनरह्विल क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर, इन्ट्रयाक्ट क्लव अफ भद्रपुर र नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको व्यवस्थापनमा कचनकवल २ नं वडा कार्यालय परिसरमा आयोपजत शिविरमा नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा युवराज खरेलको नेतृत्वमा रहेको चिकित्सकयि टोलीले बिरामीको चेकजाँज गरेको थियो ।
शिविरमा कचनकवलका दूरदराजबाट बृद्धबृद्धा, विपन्न परिवार र मजदुरहरु उल्लेख्य मात्रामा सेवा लिन आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाले जानकारी दिनु भयो ।
चिकित्सकीय टोलीमा विषेशज्ञ डा। समिर कार्की, डा। अनिश ज्ञवाली, स्वास्थ्यकर्मी मैना गुरुङ, क्षितिज गड्तौला लगायत मेची अस्पताल, भद्रपुर नगरपालिका स्वास्य शाखामा कार्यरत स्वास्थ्यर्कीहरु समेत रहेका थिए । शिविर व्यवस्थापनमा भद्रपुरका रोटरियनहरुको उल्लेख्य सहभागिता थियो ।
शिविरबाट पहिलो दिन चारसय बढीले सेवा लिएको र सोही शिविर शुक्रबार कचनकवलकै वडा नं ६ को बनियानीमा सञ्चालन हुने नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिनुभयो ।
यो शिविर अर्थोपेडिक अस्पतालको वार्षिक कार्यक्रम तालिका अनुसार भएको बताउँदै श्रेष्ठले शिविरमा झण्डै चार लाख रुपैयाँबराबरको औषधि पनि निःशुल्क वितरण गरिएको जानकारी दिनु भयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



