
झापा, ६ माघ । प्रदेश नं. १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी सरकारले प्रबन्ध मिलाएको छ ।
सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने गरी प्रबन्ध गर्नका लागि अक्सिजन आपूर्तिकर्ताहरुसँग छलफल गर्नुभएको छ । आपूर्तिकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
उहाँले कोभिड अस्पतालमा अक्सिजनको आपुर्तीका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आपुर्तीकर्ताहरुलाई आग्रह गर्नुभयो । आपुर्तीकर्ताहरुले अक्सिजनका खाली शिलिण्डरहरु समयमै उपलब्ध गराईदिन आग्रह गरेका छन् । प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ वेड विस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



