
काठमाडौं, ६ भदौ । संयुक्त राष्ट्रसंघको ७३ औं साधारण सभामा भाग लिन शनिबार अमेरिका उड्न लागेका प्रधानमन्त्री केपी ओली फर्कनुअघि भ्रमण दलका सदस्यसहित कोस्टारिका पनि पुग्दैछन् ।
१६ अगस्ट १९७७ मै कूटनीतिक सम्बन्ध स्थापना भए पनि यो मध्य अमेरिकी देशसँग दुईपक्षीय लेनदेनका मामिला खासै भएको इतिहास छैन । यस्तोमा एकाएक ओली चार दिन बस्ने गरी कोस्टारिका किन जाँदैछन् ?

परराष्ट्र मन्त्रालयका अधिकारी भन्छन्, ‘औपचारिक भ्रमण ।’ परराष्ट्रका अनुसार ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभरादो क्युसेदासँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । यसका अलावा उनले कोस्टारिकाको सबभन्दा ठूलो सहर सान जोसमा नेपालले स्थापना गरेको शान्ति र हालैका प्रगतिका बारे प्रवचन पनि दिने कार्यक्रम तय भएको छ ।
उनी त्यहाँ पत्नी राधिका शाक्य र भ्रमण दलका २० भन्दा बढी सदस्यसहित सेप्टेम्बर २९ मा पुग्नेछन् भने अक्टोबर ३ मा काठमाडौंका लागि उड्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
