
इटहरी, २४ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापना गरेको तरकारीजन्य डिपार्टमेन्ट स्टोरको आज उद्घाटनगर्दै उहाँले कृषिका माध्यमबाट प्रदेश नं। १ लाई समृद्ध बनाउने योजना प्रदेश सरकारको छ भन्नुभयो ।

मुख्यमन्त्री राईले हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका किसानलाई सङ्गठित गरेर जैविक तरकारी उत्पादनसँगै शुपथ मूल्यमा उपभोक्ताले खरिद गर्ने व्यवस्थापनसहित पहिलो पटक तरकारीको डिपार्टमेन्ट स्टोर खोलेर देखाएको साहसिक कार्यप्रति सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समावेशी नेपाल प्रालिका अध्यक्ष सुरेशकुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रु तीन करोडको लगानीमा स्थापना भएको उक्त डिपार्टमेन्ट स्टोरमा तरकारी, दूधजन्य पदार्थ, माछा मासु लगायत शपथ मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
