
काठमाडौँ, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिरहेका बेला नेता वामदेव गौतमलाई उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ ।
नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं ७ बाट निर्वाचित सांसदलाई राजीनामा गराएर संसदमा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भने चर्काएको हो । मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए ।

सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्य सम्भावनालाई पराजित गर्नुपर्ने बताएका छन् । आजको नागरिक दैनिककमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
