
काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पु¥याउनुभएको योगदान सदा स्मरणीय रहने बताउनुभएको छ ।
प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताउनुभयो । प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गर्नुभएको छ । मानवाधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको आज अपराह्न ७८ वर्षका उमेरमा निधन भएको हो ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
