
काठमाडौं, २० कात्तिक । निजामति सेवाबाट राजीनामा दिएर राजनीतिमा लागेको महामन्त्री विनोदकुमार सिंहविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको हो । सिंहले सरकारी सेवामा रहँदा एक करोड ११ लाख ६१ हजार ६ सय रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।

सिंह गत बर्ष सहायक वन अधिकृत राजपत्राकिंत पाँचौँ पदबाट राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनलाई राजपाले प्रदेश सांसदको समानुपातिक सुचीमा समेत राखेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
