
विराटनगर, २० कात्तिक । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
घाँटी सम्बन्धी समस्या पत्ता नलागेपछि उहाँ उपचारका लागि गत शुक्रबार थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको थियो । मुख्यमन्त्री राईको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको स्वास्थ्य जाँचअनुसार अवस्था सामान्य रहेको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनुभयो । घाँँटीको समस्याबाट पीडित उहाँको विस्तृत रिपोर्ट कात्तिक २६ गते प्राप्त हुने भएको छ ।

मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड जानुभएको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
