
झापा, १२ कात्तिक । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ ७ बजे झापाको गौरीगञ्ज गाउँपालिका–५ स्थितमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महदेवाका ६० वर्षीय कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यसैगरी शुक्रबार साझँ ५ बजे सुनसरीको दुहबी नगरपालिका–११ स्थितमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाईकल चालक स्थानीय ५० वर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यसैगरी शनिबार बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थितमा प्र १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिदभूमी गाउँपालिका–१ का ४९ वर्षीय हरिभक्त राई घाईते भई उपचारका लागि धरानको घोपा क्याम्प लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।


