
झापा, १३ कात्तिक । डाँका मुद्दामा फरार झापा दमकका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक–८ का २८ वर्षीय मोहन साह रहेका छन् । उनलाई झापा जिल्ला अदालतले असोज २४ गते डाँका गरेको मुद्दामा ६ महिना कैद, २० हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा ४ सय रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
फरार साहलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यन्वयनका टोली र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कात्तिक ५ गते पक्राउ गरी आइतबार फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार साहलाई कैद भुक्तानका लागि झापा कारागार चलान गरिएको छ ।
Facebook Comments Box


