
झापा, १५ कात्तिक । बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ का ३७ वर्षीय तुलसी फुयल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई उच्च अदालत विराटनगर, इलाम इजलासको २०७९ चैत ८ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद, एक करोड जरिवाना र चार लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
अदालतको फैसाला पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेश अनुसार कैद भुक्तानको लागी झापा कारागार पठाइए छ ।
Facebook Comments Box


