
इलाम, १५ कात्तिक । इलामको इलाम नगरपालिका–१२ साङरुम्बामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
मंगलबार छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाइते भएका स्थानीय ५९ वर्षीय यामबहादुर लिम्बु र उनको ज्वाइँ ३० वर्षीय सन्तोष लिम्बू घाइते भएका थिए ।
अरिङगालको टोकाइबाट घाइते भएका उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल इलाम ल्याइएको र थप उपचारको लागि बिर्तासिटी अस्पताल झापा लगिएकोमा उपचारको क्रममा मंगलबार राति पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
Facebook Comments Box


