
झापा, ३० मंसिर । कोशी प्रदेशको सुनसरी र झापाबाट नौ जना बन्दकर्ताहरु पक्राउ परेका छन् ।
यातायात बन्द गर्दै हिँड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टीका सुनसरी सचिब एवम् संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान–१५ अध्यक्ष हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह–सचिव सुमन चेम्जोङ लिम्बु र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
त्यसैगरी, झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध इलाम चुलाचुलीका ध्रुव लावती, शिवसताक्षी नगरपालिका–७ का लिम्बूवान कार्यकर्ता उदयशिगु लिम्बु, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन् ।


