
काठमाडौँ, २ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यतिबेला देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
सोमबार राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ। मौसम बदलीसँगै देशभरिको तापक्रम घट्दा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।
Facebook Comments Box


