
बनियानी, २६ पुस । राष्ट्रिय भाक्का दिवसको अवसरमा कचनाकवल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ । पालिकाले आगामी पुस २९ गते राष्ट्रिय भाक्का दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बुधवार सूचना जारी गर्दै राष्ट्रिय भाक्का दिवसमा स्थानीय बिदा दिएको जनाएका हुन् । जारी सूचनामा भनिएको छ ‘कचनाकवल गाउँपालिकाका क्षेत्रभरीका शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयलगायत सबै सरकारी कार्यालय आगामी पुस २९ गते बन्द रहनेछन् ।’

Facebook Comments Box


