
झापा, २६ पुस । मोरङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट बुधबार विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत चोरी मुद्दाका २ जना, ठगी मुद्दाका १ जना, अभद्र व्याबहार मुद्धाका २ जना र सम्बन्ध बिच्छेद मुद्धाका फरार रहेका २ जना समेतलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराइएको छ ।
Facebook Comments Box


