
उदयपुर, २६ पुस । उदयपुरको त्रियुगा नगरपालिका–८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
हिजो साँझ ७ बजे पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०५–००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट आँउदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका–७ का ३८ वर्षीय तुलसी मङरातीलाई ठक्कर दिई दुर्घटना हुँदा घाइते भएका साईकल यात्रीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय किश्वर पाण्डेलाई हायससहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Facebook Comments Box


