
झापा, ७ फागुन । इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले आफ्नो प्रदेश समिति विस्तार गरेको छ ।
सञ्जीव वाग्लेको अध्यक्षतामा कोशी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटी गठन गरेको हो । सोमबार भएको कोशी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला, कोषाध्यक्षमा हिमाल दाहाल, सहकोषाध्यक्षमा दीपक कटुवाल चयन भएका छन् ।
यसैगरी भेलाले सदस्यमा दमन राई, भीम चापागाँई, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ । भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्यालको उपस्थिति थियो ।


