
बिर्तामोड, १० फागुन । झापाको बिर्तामोडबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।
बिर्तामोड–५ भद्रपुर रोड स्थितमा शंकाष्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा बुधबार सोही स्थानका वर्षीय २० राज राजवंशीलाई प्रहरीले लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
चेकजाँच गर्दा राजवंशीले लगाएको पेन्टको गोजी खुकुरी चुरोटको खोलभित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहितको प्लाष्टिक बिना तौल गर्दा १ ग्राम ३३० मिलिग्राम, सोही चुरोटको खोलमा स–साना प्लाष्टिकको टुक्राहरु थान –१७ र स्यामसुङ मोबाइल एक थान, सादा सेट एक थान, नेपाली हजारको नोट थान एक रहेको बरामद भएको थियो । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


