
बिर्तामोड, १४ फागुन । बिर्तामोड नगर क्षेत्रमा रहेका व्यवसायीहरुको छाता संगठन बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन आज शुरु भएको छ । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मदातन हुनेछ ।
निर्वाचनले अर्जुनकुमार मैनालीको नेतृत्वको स्वतन्त्र व्यवासायिक प्यानल र राजु न्यौपानेको नेतृत्वमा रहेको लोकतान्त्रिक व्यावसायिक प्यानल बीच प्रतिस्पर्धा हुँदैछ । संघमा अबद्ध करिब ५ हजार ६ सय व्यववसायीले कसलाई पास गर्छन् र कसलाई फेल गर्छन् त्यो निर्वाचन परिणामले देखाउने छ । मतदान गर्न आउने व्यवसायीले संघले जारी गरेको परिचयपत्रसहित नेपाल सरकारले जारी गरेको फोटोसहितको परिचय खुल्ने कुनै पनि कागजात लिएर जानु पर्नेछ ।
कारणबस संघले जारी गरेको परिचयपत्र नभए स्थायी लेखा नम्बर (पान) अनिवार्य गरिएको निर्वाचन समितिले जनाएको छ । संघको १९ सदस्यीय कार्यसमितिका लागि एक स्वतन्त्रसहित ३९ जनाले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ ।



