
कनकाई, १४ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक आजदेखि तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको शुरु हुँदैछ ।
रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा आजदेखि शुरु हुने महोत्सव १६ गते बुधबार चल्ने छ । आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले महोत्सवको उद्घाटन वरिष्ठ अभिनेता नीर शाहले गर्ने बताएका छन् ।
कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।
Facebook Comments Box


