
झापा, १४ फागुन । झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर–घैलाडुब्बा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बेलुका कनकाई–८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे १ त ११५१ नम्बरको ट्रयाक्टरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका करिब ४५ वर्षीय सागर मिश्र गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो । ट्रयाक्टर र ट्याक्टर चालक बिर्तामोड–४ का ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


