
बिर्तामोड, १४ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा ७२ प्रतिशत मत खसेको छ ।
बिहान ८ बजेबाट मतदान शुरु भएको मतदानमा ४ हजार ९५ मत खसेको हो । संघमा पाँच हजार ६ सय ६१ र १२ जना पूर्वअध्यक्षहरु मतदाता छन् । जसमध्ये ४०९५ मत खसेको छ । यो कूल मतदाताको ७२ दशमलव २१ प्रतिशत हो ।
दुई प्यानल र एक स्वतन्त्र गरी संघको निर्वाचनमा ३९ जनाले उम्मेदवारी दिएका थिए । लोकतान्त्रिक व्यावसायिक समूहका तर्फबाट राजु न्यौाने र स्वतन्त्र व्यवसायिकको तर्फबाट अर्जुन मैनाली नेतृत्वको प्यानल चुनावी मैदानमा छ ।
Facebook Comments Box



