
झापा, ४ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टी अर्जुनधारा नगर कमिटीको आयोजना र भद्रपुर–७स्थित ओम साई पाथीभरा हस्पिटलको प्राविधिक सहयोगमा एक दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
अर्जुनधारा–११ स्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविर पार्टीले सामाजिक उत्तरदायित्व अन्र्तगत अभियानकोरुपमा सञ्चालन गरेको कमिटीका अध्यक्ष अर्जुन मेचेले जानकारी दिए ।
अध्यक्ष मेचेका अनुसार वरिष्ठ स्त्री रोग विशेषज्ञ डा जयकुमार ठाकुर, फिजिसियन डा सतिश रोय र बाल रोग विशेषज्ञ डा मनोज चौधरीले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेको शिविरमा दुई सय ५० जनाले सेवा लिएको बताइएको छ । पार्टी वडा कमिटीले संयोजन गरेको शिविरमा जुनकिरी सार्वजनिक आधारभूत विद्यालय, उमामहेश्वर शिवालय मन्दिर र सालबारी मिलडाँडा युवा परिवारले सहयोगी संस्थाकोरुपमा भूमिका निर्वाह गरेका थिए ।



