
भद्रपुर, ४ चैत । भद्रपुरस्थित प्रादेशिक अस्पतालका चिकित्सकले एक बिरामीको सानो आन्द्राभित्रबाट माछाको काँडा शल्यक्रिया गरी निकालेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ सर्जन डा. रामबाबु खड्का र सर्जन डा. विनेश झासहितको टोलीले शनिबार बिहान बिर्तामोडका ४० वर्षीय विष्णु सहनीको सानो आन्द्राभित्रबाट करिब ४ सेन्टिमिटर लामो माछाको काँडा शल्यक्रिया गरी निकालेको हो । सहनीले बिहीबार घरमा माछा पकाएर खाएका थिए । उनी शुक्रबार बिहान तल्लो पेट दुख्यो भन्दै प्रादेशिक अस्पतालमा उपचार गराउन पुगेका थिए ।
Facebook Comments Box



