
झापा, ५ चैत । झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
हिजो बेलुका साढे ९ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ४ प ४२२४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको साइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका साईकल यात्री गौरीगञ्ज–३ का ४० वर्षीय अकालु माझीको बिएण्डसी हस्पिटल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो भने अन्य घाइते मोटरसाइकलमा सवार ३५ वर्षीय खोदनारायण महतो, २६ वर्षीय रतनसिंह राजवंशी र २२ वर्षीय विकास महत्तोको उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


