
झापा, ६ चैत । नेवाः संस्था नेवाः पासा मुना पुच बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
नेवाः पासा मुना पुच बिर्तामोडले सोमवार सम्पन्न ३०औ साधारणसभामा झापा जिल्लामा क्रियाशील दुई जना नेवा समुदायका पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा एपी वान टेलिभिजनका
बिष्णुकुल श्रेष्ठ र जनआन्दोलन डटकमका जोश्ना श्रेष्ठ रहेका छन् । नेवा भाषा र संस्कृति संरक्षणमा सञ्चारको क्षेत्रबाट भूमिका निर्वाह गरेको भन्दै श्रेष्ठद्वयलाई प्रशंसा–पत्रद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भाषाविद् गणेश बज्राचार्यबाट सम्मानितद्वयलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान र बिर्तामोड उद्योग बाणिज्य संघको सदस्य पदमा निर्वाचित संस्थाका अध्यक्ष दिनेश श्रेष्ठलाई पनि प्रमुख अतिथि बज्राचार्यबाट प्रशंसा–पत्र प्रदान गरिएको थियो । संस्थाको तर्फबाट बिर्तामोड उधोग बाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिइएको थियो । कार्यक्रममा संस्थाको सांगठनिक, बार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला शाक्यले प्रस्तुत गरेका थिए ।


