
झापा, ६ चैत । झापाको बिर्तामोड नगरपालिका–४ मुनाल टोलस्थितबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो ३ बजे स्थानीय २५ वर्षीय सन्जोग इङनामले प्रयोग गर्दै आइरहरको पल्सर १५० सीसीको कालो–निलो रंगको मे ८ प १७७० नम्बरको मोटरसाइकल घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय दिपु भन्ने शिवु धिमालले मास्टर चाबी प्रयोग गरी चोरी गरी लादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको थियो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


