
संखुवासभा, ६ चैत । संखुवासभाको चैनपुर नगरपालिका–६ जिरो पोइन्टस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका–६ पात्लेखोला का ३० वर्षीय मनोज खड्काको मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजे नुनढाकीबाट इटहरीतर्फ जाँदै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


