
सोलुखुम्बु, ६ फागुन । सोलुखुम्बुको सोताङ गाउँपालिका–३ नागेन चौर घोपुस्थित हुङ्गाखोलामा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानीय ४५ वर्षीय तुलाबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सोताङबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


