
मोरङ, ७ चैत । मोरङको बेलबारी नगरपालिका–१ स्थितमा श्रीमतीको हत्या गरी श्रीमान आफैले घाटी रेटी हत्या गरेका छन् ।
हिजो दिउँसो साढे १ बजे स्थानीय ६० बर्षीय बमबहादुर लिम्बुले आफ्नै श्रीमती ४५ बर्षीय गीता लिम्बुलाई धारिलो हतियार दाउले शरीरको विभिन्न भागमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको हत्या गरी लिम्बुले समेत सोही दाउले आफ्नै घाँटी रेटी घाइते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


