
धरान, ८ चैत । सुनसरीको धरानमा घाँटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै घाँटी रेटेको अवस्थामा अन्दाजी १८, १९ वर्ष उमेरको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो। धरान उपमहानगरपालिका–१८ स्थित प्रतिष्ठान नजिकै रहेको वरको रूख नजिकै किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ। किशोरीको शव अहिले घोपास्थित पोष्टमार्टमका लागि राखिएकोे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
Facebook Comments Box


