
झापा, ९ चैत । झापाको अर्जुनधारा–५ फुलबारी टोलस्थित एक सुपारी बगानबाट काँचो सुपारी चोरी गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।
हिजो दिउँसो अर्जुनधारा–५ फुलबारी टोल स्थित टिका देवि गिरीको सुपाडी बगानबाट काचो सुपाडी झारी बोरामा हाली चोरी गरी लाँदै गर्न लागेको अवस्थामा अर्जुनधारा–७ का सुनिल राई र अर्जुनधारा–८ का आलो भन्ने सुरज मण्डललाई सुपाडि बगानबाटै पाँच बोरा सुपारीसहित पक्राउ गरिएको हो । उक्त सुपारी तौल गर्दा १ सय ८३ किलो ग्राम रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


