
सुनसरी, १० चैत । सुनसरीको भोक्राहानर्सिंङ गाउँपालिका–६ उराव टोलबाट अवैध गाँजासहित भारतीय कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिजो बिहान ९ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी चिरौली चोकबाट खटिएको प्रहरी टोलीले B06E3179 नम्बरको भारतीय कार लक गरी राखेको बेबारिसे अवस्थामा फेला पारी उक्त कारको लक खोली चेकजाँच गर्दा कारको डिकी भित्रबाट १ सय ६५ किलोग्राम अवैध गाँजा बरामद गरेसँगै कार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


