
कनकाई, ११ चैत । नेपाल स्वणकार समाज झापाले होली मिलन कार्यक्रमको आयोजना गर्दै दर्जन बढीलाई सम्मान गरेको छ।
होलीको पूर्वसन्ध्यामा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा उच्च शिक्षामा अध्ययनरत जिल्लास्थित सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेहा साह, श्रवणकुमार सुनार, सन्तोष साह र गौरी साह रहेका छन् ।
त्यस्तै, समितिमा रहेर उत्कृष्ट काम गर्ने सात जना सम्मान गरिएको छ । समाजले दिननाथप्रसाद साह, प्रभु सुनार, गङ्गाप्रसाद साह, मणि साह, गौतम साह, मदन साह र आरती देवी साहलाई सम्मान गरेको हो । समाजका अध्यक्ष अनिलकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गरेका छन् । सभ्य तरिकाले पर्व मनाउन उहाँको आग्रह छ ।
कार्यक्रममा समाजका संस्थापक सचिव असोककुमार साहले सात वर्ष अघि स्थापना भएको समाजले हरेक पर्व तथा उत्सव मनाउँदै आएको र पछिल्लो पुस्तालाई पनि सही संस्कार सिकाउन होली मिलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा बिर्तामोड–३ का अध्यक्ष मदन बुढाथोकी, ४ का अध्यक्ष राहुल शर्मा, वडाका अध्यक्ष रोहित प्रसाईं, बिर्तामोड उद्योग बाणिज संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड छ्ट सेवा समाज महिला अध्यक्ष हेमलता चौधरी, समाजका भद्रपुर अध्यक्ष राजु साह, धुलाबारी अध्यक्ष मनिस साह, पूर्वअध्यक्ष जयकुमार श्रार्फ, दिनेश शर्मा, जयप्रकाश साह, कृष्ण श्रार्फ, विजय श्रार्फ, असोक साह सुनसरी महासचिव उमेश सहनी लगायतले शुभकामना मन्त्त्वय राख्नुभएको थियो ।
कार्यक्रममा होली विशेष नृत्य समेत प्रस्तुत गरिएको थियो । श्रवण कुमार साहले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव किसोनकुमार सहनीले गर्नुभएको थियो । चैत ११ गते आइतबार पहाडी जिल्लामा र चैत १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदै छ ।


