
भद्रपुर, २८ चैत । झापाको भद्रपुरस्थित मेची पुलबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका–५ स्थित प्रहरी बिट मेची पुलमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा दमक नगरपालिका–५ का ३५ वर्षीय दिलीप महतलाई लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फरक क्षमता भएको महतले बायाँ खुट्टाको तिघ्रामा कालो प्लास्टिक भित्र लुकाइछिपाई टेपले बाँधी ल्याएको २४ पिस लुपिगेसिक, २४ पिस डायजेपाम र २४ पिस फेनेर्गन लागु औषध फेला परेको थियो । लागूऔषधसहित पक्राउ परेका महतलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।
Facebook Comments Box


