
झापा, २८ चैत । झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषधको ओसार–पसार तथा बेचबिखन समेत भइरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलबार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका–३ का २५ वर्षीय अनिलकुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोबाइलसहित पक्राउ गरेको हो ।
यसैगरी, इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ बाट दमक–९ का ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मंगलबार राति ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


