
इटहरी, २८ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जयबहादुर राईको मृत्यु भएको छ ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाइते भएका भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई इटहरी–२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
Facebook Comments Box


