
झापा, ६ बैशाख । झापाको कमल गाउँपालिकामा सात वर्षको अवधिमा पालिकाको आन्तरिक स्रोतबट ४१ किलोमिटर र संघ र प्रदेशको समपूरक कोष बाट २५ किलोमिटर गरी ६६ किलोमिटर सडक कालोपत्रे निर्माण भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्र ५ हजार ९ सय ९५ मिटर सडक कोलो पत्रे गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । जसमा अहिले सम्म २ हजार १ सय ८१ मिटर सडक कालोपत्रे सम्पन्न गरिसकेको छ भने बाँकी सडक आर्थिक वर्षको अन्त्य सम्ममा कालोपत्रे गरि सक्ने गाउँपालिकाले जनाएको छ ।
सडक कालोपत्रे गर्नेक्रममा वडा नम्बर २ को छाता चौक देखी सुनारा सम्मको १ हजार ७ सय ७ मिटर कालोपत्रे गर्ने तयारी अवस्थामा पुगेको छ भने क्याम्पा देखी समायगढ सम्मको १ हजार ७ सय ७ मिटर सडक दुबै तर्फ पक्की नाला सहित निर्माणको काम धमाधम भैरहेको कमल गाउँपालिकाका इन्जिनियर सागर यादव बताए ।
विकासको पहिलो आधार सडक भएकोले गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । कालोपत्रे सडक नपुगेको ठाउँमा सडक पुर्याउन गाउँपालिका लागी परिरहेका बेला सुरुका आर्थिक वर्षमा निर्माण गरिएका सडक मर्मत गर्ने अवस्थामा पुगेकोले त्यसतर्फ समेत सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।



