
तेह्रथुम, १० बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ ।
लालीगुराँस–५ दागपाका कालुबहादुर लिम्बूका ८ बर्षीय छोरा सुदिप लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा मल्टीप्लग सर्ट भएर शनिबार बेलुका सुदिपलाइ करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि बसन्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


