
बिर्तामोड, ९ असार । झापाको बिर्तामोड नगरपालिकाले पोलियो विरुद्धको आइपीभी खोप अभियानमा उल्लेख्य प्रगति हासिल गरेको छ । खोप लगाउने प्रगतिका आधारमा बिर्तामोड जिल्लाकै उत्कृष्ट देखिएको छ ।
पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ मा नगरले १४५ प्रतिशत प्रगति हासिल गरेको हो । आइपीभी खोप अभियान अन्तरगत जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १४५ प्रतिशत अर्थात् आठ हजार एक सय १७ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षण प्रकाश पाठकले जानकारी दिनुभयो ।
बिर्तामोडमा पाँच हजार छ सय छ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर गत जेठ १६ गतेदेखि २६ गतेसम्म अभियान सञ्चालन भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



