
झापा, ९ असार । झापाको अर्जुनधारा नगरपालिकामा पोलियो विरुद्धको खोप अभियानमा सफल भएको छ ।
नगरमा लक्ष्यभन्दा ९ प्रतिशत बढी बालबालिकाले खोप लगाएका छन् । नगरमा २ हजार ८ सय २३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि ३ हजार ८५ (१०९ प्रतिशत)ले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षण प्रकाश पाठकले जानकारी दिनुभयो ।
२०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर नगरमा पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ सञ्चालन भएको थियो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



