
अर्जुनधारा, २० असार । झापाको अर्जुनधारा नगरपालिकास्थित नगर अस्पतालले शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।

आज एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेले उक्त सेवाको उद्घाटन गर्न गर्नुभयो । सेवा उद्घाटनसँगै सभामुख घिमिरेले अस्पतालको अनुगमन समेत गर्नुभएको छ ।
अस्पतालले दिने सेवा र समस्याका बारेम समेत सभामुख घिमिरेले जानकारी लिनुभएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङ्गले शल्यक्रिया सेवा सञ्चालनका लागि संघीय सरकारबाट अत्याधुनिक उपकरण प्राप्तभएको बताउनुभयो ।

शल्यक्रियाका लािग अत्याधुनिक एनेस्थेसिया मेसिन, विद्युतीय प्रविधिबाट चिरफार हुने उपकरण भएको उहाँले बताउनुभयो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनले रु १८ करोडको लागतमा अस्पतालको नयाँ भवन निर्माण भइरहेको बताउनुभयो । “हालसम्म रु छ करोड बराबरको काम भइसकेको छ”, उहाँले भन्नुभयो, “काम हुँदैछ, नयाँ भनव सञ्चालनमा आएपछि सेवालाई अझ विशिष्टीकृत गरेर लैजान्छौं ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



