झापा, ३० साउन । स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ ।
विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा द्रूत प्रतिकार्य टोली परिचालन गरी नियमित बिरामीको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिमा लक्षणको निगरानी गर्नेरगराउने कार्य गरिरहेको जानकारी दिएको छ ।
जिल्ला र स्थानीय तहमार्फत खानेपानी गुणस्तर निगरानीसम्बन्धी कार्य भइरहेको, एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा झाडापखालाका बिरामी देखापरेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्क गरी जानकारी गराउने सकिने विभागले उल्लेख गरेको छ ।
जनचेतना तथा सरसफाइसम्बन्धी क्रियाकलापमा बिरामी देखिएका स्थानमा खानेपानीको नमुना जाँच कार्य भइरहेको, खानेपानीको शुद्धीकरण तथा व्यक्तिगत सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन (बैठक, छलफल, स्वास्थ्य सामग्री वितरण, रेडियो–टेलिभिजन, टेलिकम, फेसबुक र इन्स्टाग्राम आदिबाट सूचना÷जानकारी प्रदान) गरिएको महाशाखाको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।