
झापा, १ असोज । मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक पुण्य खरेलको निधन भएको छ ।
विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । खरेलको आज विहान हृदयघातका कारण निधन भएको हो ।
एक हप्ता अगाडि मुटुको सामान्य समस्या देखिएपछि उपचारका लागि काठमाडौँ पुगेका खरेलको आज विहान अचानक हृदयघात भएको थियो ।
Facebook Comments Box


