
कनकाई, १ असोज । झापाको कनकाई नगरपालिकामा विश्वकर्मा पुजा विविध कार्यक्रमका साथ मनाइएको छ । सवारी चालक ईकाई कनकाईको आयोजना तथा कनकाई नगरको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।
नगर सवारी चालक ईकाईका ईन्चार्ज रोहितकुमार कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरका सबै सवारी साधन तथा सवारी साधनमा प्रयोग हुने उपकरण, तथा औजारलगायतको पूजा गरी विश्वकर्मा बाबाको पुजा गरिएको थियो ।

कार्यक्रममा पाठ पारायण तथा पुजा आरती समेत गरिएको थियो । सोही कार्यक्रमकाबीच सवारी चालक तथा सह–चालक यामप्रसाद अधिकारी, सोभित राई, मजेबुल मियाँ, डोरबहादुर मगर, अजय ऋषिदेव ,रुद्र बहादुर दाहाल, साइमन ठटाल लगाएयतलाई सम्मान समेत गरियो ।
कार्यक्रममा कनकाई–४ का अध्यक्ष रोषन सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रप्रसाद शर्मा, योजना शाखा जमुना कटुवाल, विभिन्न शाखा प्रमुख तथा अन्य कर्मचारी लगायतको सहभागी रहेको कार्यक्रमको स्वागत चालक मजेबुल मियाँ तथा सञ्चालन चालक यामप्रसाद अधिकारीले गर्नुभएको थियो ।


