
झापा, ७ असोज । झापामा दुई वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरिएको छ ।
गएराति ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा ४–५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि उनका समर्थकले आगजनी गरेको हुन सक्ने आशंका गरिएको छ ।
Facebook Comments Box


